गोरखा । गोरखा नगरपालिकाद्धारा सञ्चालित आइसोलेशन सेन्टरलाई ५० सेट हाइजेनिक किट सहयोग उपलब्ध भएको छ ।

रोटरी क्लव अफ गोरखाले उक्त हाइजेनिक किट आइसोलेशन सेन्टरलाई सहयोग स्वारुप उपलब्ध गराएको हो ।
एक कार्यक्रमका बिच क्लवका अध्यक्ष काशिनाथ अंगाईले हाइजेनिक किट नगर प्रमुख राजन राज पन्तलाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष अंगाईका अनुसार हाल सो आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुका लागी आवश्यक पर्ने साबुन, ब्रस, झुललगायत सरसफाईका सामग्री किटमा रहेको बताए ।
