काठमाडौं । कोरोना भाइरस महामारीका कारण सबै काम ठप्प भएपछि आफूले सरकारलाई कर तिर्न नसकेको बलिउड अभिनेत्री कंगना रणावतले बताएकी छन।
कोरोना महामारीका कारण उनले आफूले कर तिर्न नसकेको इन्स्टाग्राम मार्फत बताएकी हुन।
उनले भनेकी छिन ‘म आफ्नो कमाईको ४५ प्रतिशत कर तिर्छु, म अत्यधिक कर तिर्ने अभिनेत्री भएता पनि काम बन्द भएपछि मैले गतवर्षको आधा कर तिर्न सकेको छैन। जीवनमै पहिलोपटक यस्तो भएको छ।’
कोरोनाले कंगनालाई मात्र नभएर भारतभर तथा विश्वभर नै ठूलो आर्थिक समस्या निम्त्याएको छ।
यस्तै गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, नारदमुनि रानालाई वनमन्त्री, ज्वालाकुमारी साहलाई कृषि, मोहन बानियाँलाई विनाविभागीय र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी छ ।