• बिहिबार, साउन १४ २०८३

५ दिनको बसाईपछि अस्पतालबाट डिस्चार्ज भए मदनकृष्ण


बिहिबार, जेष्ठ २७ २०७८
560
Shares

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मुटुमा रक्तसंचारको ब्लकेज हटाइएको छ । ५ दिनको अस्पताल बसाईपछि मदनकृष्ण घर फर्किएका हुन् ।

मदनकृष्णका छोरा यमन श्रेष्ठले दिएको जानकारी अनुसार, उनलाई ४ साता आराम गर्न डाक्टरहरुले सल्लाहा दिएका छन् ।

डाक्टरले उनलाई ४ साता सम्म सामाजिक संजाल र मोबाइलबाट टाढा रहन, छायांकनको काम नगर्न सल्लाहा दिएका छन् ।

मदनकृष्ण केही साता अगाडि कोरोना संक्रमित भएर २ पटक अस्पताल भर्ना भएका थिए । उनले, कोरोनालाई भने जितिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार