काठमाडौं । अमेरिकाले सय मुलुकलाई फाइजरको ५० करोड डोज खोप वितरण गर्ने भएको छ ।
अमेरिकाले फाइजर(बायोएनटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ५० करोड डोज खोप वितरणको लागि फाइजरसँग सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अमेरिकाको यो योजनाअनुसारको २० करोड डोज खोप यसै वर्ष वितरण गरिनेछ भने बाँकी ३० करोड डोज खोप अर्को वर्षको सुरुआती ६ महिनाभित्र वितरण हुनेछ ।
समाचार माध्यमअनुसार यी खोप विश्वभर न्युन तथा कम आय आएका मुलुकमा वितरण गरिनेछ ।