• आइतबार, असोज ११ २०८३

दैनिक संक्रमितको संख्या घटिरहेको भारतमा मृत्यु दरले तोडेयो रेकर्ड


बिहिबार, जेष्ठ २७ २०७८
500
Shares

काठमाडौं । पछिल्लो समय दैनिक कोरोना संक्रमित घटिरहेको भारतमा बुधबार एकैदिनमा ६ हजार बढी मानिसको मृत्यु भएको तथ्यांक बिहीबार बिहान सार्वजनिक भयो।

सन् २०१९ को अन्तिमदेखि फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म कुनै पनि देशमा एकैदिन यति धेरै मानिसको मृत्यु भएको छैन।

कोरोनाको दोस्रो लहरबाट तंग्रिन थालेको भारतमा एकैदिन सबै रेकर्ड तोड्ने गरी मृत्युदर यति धेरै कसरी भयो भन्ने धेरैको प्रश्न छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय राज्य बिहारका अधिकारीहरूले कोराना संक्रमणबाट मृत्यु हुनेको आँकडा सच्याउँदा बुधबार एकैदिन धेरै मानिसको मृत्यु भएको देखिएको हो।

बुधबार सुरूमा बिहारमा २० जनाको मात्र मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको थियो तर पछि पहिला मृत्यु भएकाहरूको गणना नभएको भन्दै ३ हजार ९ सय ५१ संक्रमितको मृत्यु भएको आँकडा जोडियो।

बिहारका अधिकारीहरूले झन्डै चार हजार मृतकको संख्या थपेपछि केही दिनदेखि २ हजार आसपासमा रहेको भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार बढी पुगेको हो।

भारतमा अहिलेसम्म २ करोड ९१ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने ३ लाख ५९ हजारको मृत्यु भएको छ। अहिले भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख छ।एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार