काठमाण्डौ । वैदेशिक रोजगारीमा जानेहरुको लागि दिइने अभिमुखीकरण तालिम स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
सरकारले कतार लगायत टर्की र चीनको लागि अन्तर्राष्ट्रिय उडान सुरुगरेसँगै वैदेशिक रोजगारीमा जानेहरुको लागि स्वास्थ्य मापदण्ड अपनाएर मात्रै तालिम दिन अभिमुखीकरण तालिम प्रदायक संस्थालाई विभागले आग्रह गरेको हो ।