काठमाण्डौ । वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले बायोमेट्रिक नभएका श्रमिकलाई अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
यसअघि हप्तामा १ दिन सेवा दिँदै आएको कार्यालयले अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गरिने श्रम कार्यालय ताहाचलले जनाएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो ।
जेठ १८ गतेदेखि नियमित उडान खोलेसँगै श्रम कार्यालयले बायोमेट्रिक नभएका व्यक्तिका लागि व्यक्तिगत श्रम स्वीकृति कार्यालयमा भौतिक रुपमा उपस्थित भएर प्रदान गर्न थालेको हो । यो सेवा यसअघि बायोमेट्रिक नभएका व्यक्तिका लागि मात्र हो ।
बायोमेट्रिक भएकाले भने अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने बताइएको छ ।