गोरखा । गाेरखामा बैंकर्स क्लब गठन भएकाे छ । गाेरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकामा सञ्चालित बैंकका शाखा प्रमुखहरुकाे भर्चुअल भेलाले द बैंकर्स क्लब गोरखा गठन गरेकाे हाे ।
मंगलबार भएकाे भेलाले क्लबकाे अध्यक्षमा अजितरवण खनाललाई सर्वसमत चयन गरेकाे छ । खनाल मेघा बैंक गोरखा शाखा प्रमुख हुन । त्यस्तै सचिवमा सांग्रिला डेभलमेण्ट बैंकका महेश अधिकारी, काेषाध्यक्षमा एभरेष्ट बैंकका अमिर केसी चयन भएका छन् ।
यसैगरी भेलाले क्लबकाे सदस्यहरुमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कपिल कार्की, एनएमबी बैंकका केशव रेग्मी लगायत रहेकाे बताइएकाे छ ।