• बिहिबार, साउन १४ २०८३

बारपाक सुलिकोटका २९ जनासहित गोरखामा आज थपिए ७० कोरोना संक्रमित


बुधबार, जेष्ठ २६ २०७८
550
Shares

गोरखा । गोरखामा आज (बुधबार) ७० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार जिल्लामा आज थप ७० जना संक्रमित थपिएका हुन् ।

संक्रमित मध्ये आरुघाट गाँउपालिकामा २६ जना र शहिद लखन गाँउपालिकामा १५ जना रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

यस्तै बारपाक सुुलिकोट गाँउपालिकाले गरेको एन्टिजेन परिक्षणबाट २९ जनामा संक्रमण पुष्टि भएको पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार ४१ जनामा पिसिआर परिक्षणबाट संक्रमण पुष्टि भएको हो भने २९ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार