• शनिबार, साउन ९ २०८३

सोनाम लोसार मनाइयो


आइतबार, माघ १२ २०७६
1.3K
Shares

गोरखा । तामाङ समुदायले सोनाम लोसार नयाँ वर्ष पर्व रुपमा धुमधामले मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार २८५६ औँ वर्ष शुरु भएको अवसरमा शुभकामना आदानप्रदान गरी पर्व मनाइएको हो ।

शनिवारदेखि सुँगुर वर्ष समाप्त भई मुसा वर्ष वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

तामाङ लोसारको अबसरमा नेपाल तामाङ घेदुङ नगर कार्यसमिति गोरखाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

नगर अध्यक्ष सूर्यबहादुर तमाङ अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका सचिव प्रेमध्वज थापामगर, गोरखा ब्रिटिस वल्डफयेर कार्यालयका प्रमुख श्रीप्रसाद तामाङ, तमाङ घेदुङका पूर्व सचिव श्याम तामाङ, महिला घेदुङकी पूर्व अध्यक्ष सुकमायाँ तामाङ, जिल्ला कोसाध्यक्ष गौरी तामाङ, भवन निर्माण समितिका अध्यक्ष खुम्बासिङ तामाङ लगायतले मन्तव्य राखेको केन्द्रिय उपसभापती चन्द्रिका तामाङले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार