गोरखा । गोरखामा कोरोना नियन्त्रण लागी भनेर जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ब्यापारी कारवाहीमा परेका छन् ।


जिल्लामा संक्रमण तिब्र गतीमा बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञाको बेला तोकिएको समय भन्दा बाहेक ब्यवशायी सञ्चालन गर्ने १७ ब्यापारी कारवाहीमा परेका हुन् ।
निषेधाज्ञा उल्लंघन गर्नेमा किराना, फलफुल ब्यवशायी, निषेधाज्ञामा खोल्न अनुमति नदिएका स्टेशनरी, होटल ब्यवशाय रहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

जिल्लामा आजदेखी लागु हुने गरी असार ५ गते सम्म चौथो पटक निक्षेधाज्ञा थप गरिएको छ ।
कारवाहीमा पर्ने मध्ये ९ जना महिला र ८ जना पुरुषलाई रहेको डिएसपी दाहालले बताए ।
पहिलो पटक सम्झाई बुझाई गरेर छाडिएको र पुन नियम अटेरी गरेमा संक्रामक रोग निवारण ऐन २०२० र कोभिड संकट ब्यवस्थापन अध्यादेश अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।
