काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ७ सय ६८ जना संक्रमणमुक्त भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ जनाको एन्टिजेन परीक्षणमा ८ सय ९५ गरी जम्मा ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।