झापाको विर्तामोड नगरपालिका—१० ठुटेबर चोकमा बुधबार बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो ।
घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । रासस
