• सोमबार, असोज १२ २०८३

स्रोत नखुलेको पौने ३१ लाख रकमसहित २ भारतीय नागरिक पक्राउ


बुधबार, जेष्ठ २६ २०७८
685
Shares


स्रोत नखुलेको ३० लाख ७६ हजार नेपाली रुपैयाँसहित रौतहटबाट दुई भारतीय नागरिक पक्राउ परेको छ।

बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो।

भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गरेको थियो।

सो चेक गर्दा प्रहरीले उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपैया बरामद गरेको कार्यालयले जनाएको छ। उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार