रुपन्देहीमा जनप्रतिनिधिले मापदण्ड विपरीत आफ्ना मान्छेलाई खोप लगाउन दबाब दिएपछि विवाद उत्पन्न भएको छ । विवादपछि खोप कार्यक्रम स्थगित गरिएको छ ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई मंगलबारदेखि लगाउन शुरु भएको थियो ।
जनप्रतिनिधिले मापदण्ड विपरित आफन्त, पार्टीका कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि विवाद हुँदा तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया र मर्चवारी गाउँपालिकामा खोप कार्यक्रम स्थगित भएको छ।