काठमाण्डौ – अन्तर्राष्ट्रिय उडान मार्फत गत १ महिनामा मात्रै १२ हजारभन्दा धेरै यात्रु नेपाल भित्रिएका छन । भने २३ हजार १३५ जना नेपालबाट बाहिरिएका छन् ।
कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले मे ६ अर्थात् वैशाख २३ गते मध्य रातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उडान बन्द गरेपनि गत मे महिनामा मात्रै अन्तर्राष्ट्रिय उडानमार्फत १२ हजारभन्दा धेरै यात्रु नेपाल भित्रिएको हुन ।
सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पनि नेपाल र भारतबीच हप्तामा दुई उडान नियमित भइरहेको छ भने चार्डड, उद्धार र अन्य विशेष उडानहरू पनि भइरहेको छ ।