
पोखरा । नेपालमा काेराेना संक्रमितकाे उपचारमा सघाउन अमेरिकामा बस्ने नेपालीहरुले आर्थिक सहयाेग पठाएका छन् ।
काेराेना भाइरसकाे दाेस्राे लहर सुरु भएदेखि नै संक्रमितकाे उपचार र महामारी राेकथाममा सकृय रहेकाे रवि लामिछाने फाउण्डेशनलाई अमेरिकामा बस्ने नेपालीहरुले आर्थिक सहयाेग पठाएका हुन ।
अमेरिकामा कार्यरत रबिन गुरुङको पहलमा संकलन भएकाे १ लाख १४ हजार रकम नेपाल पठाइएकाे हाे । साे रकम पोखरा निवासी सुजन गुरुङले मंगलबार फाउण्डेशनका अध्यक्ष एवं चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई हस्तान्तरण गरेका छन् ।
रकम बुझ्दै अध्यक्ष लामिछानेले प्राप्त सहयाेग कुनैपनि किसिमबाट दुरुपयाेग नहुने र पूर्णरुपमा संक्रमितकाे उपचारमा खर्च गरिने प्रतिवद्धता जनाए ।
रवि लामिछाने फाउण्डेशन र जनमैत्री अस्पताल संयुक्त प्रयासमा सञ्चालन भएकाे मानव सेवा तथा कोभिड संक्रमितकाे उपचारका लागी साे रकम सहयाेग गरिएकाे बताइएकाे छ ।
जसमा अमेरिकामा रहेका रबिन गुरुङले ३ सय डलर, लुम गुरुङले १ सय ४५, कमल मगर, दिनेश रेग्मी, थमन गुरुङ, दिनेश गुरुङ १/१ सय डलर, काजी गुरुङले ५०, राजु मगरबाट ३० र संजोग गुरुङ २५ डलर सहयाेग गरेकाे थिए ।