गोरखा । नेपाल बिध्यार्थी संघ गोरखा क्याम्पस इकाइ कमिटिले क्याम्पसलाइ स्वास्थ्य सामाग्रि सहयोग गरेको छ ।

कोरोनाको रोकथाममा सहयोग गर्ने उदेश्यले संघका क्याम्पस कमिटिले १ हजार थान सर्जिकल मास्क, ५ लिटर सेनिटाइजर, १ पिस अक्सिमिटर हस्तान्तरण गरेको नेपाल विध्यार्थी संघ गोरखा क्याम्पस इकाइ अध्यक्ष परशुराम भट्टले जानकारी गराए ।

उक्त स्वास्थ्य सामाग्रि क्याम्पस प्रमुख रामशरण बानियाँलाइ हस्तान्तरण गरेको उनले बताए ।