• सोमबार, असोज १२ २०८३

पेस्तोल र राइफलको गोलीसहित दुई पक्राउ


बुधबार, जेष्ठ २६ २०७८
640
Shares


काठमाडौं । प्रहरीले प्रहरीले पेस्तोल र गोलीसहित मोरङ केराबारीबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका—९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका—२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् ।

बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

गणेशको घरमा खानतलासी गर्दा एउटा कटुवा पेस्तोलका साथै ३०३ राइफलको ५ थान गोली, गोली लोड गर्ने २ थान चचार, एक थान पेस्तोलको गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

पदमकुमारको साथबाट एउटा खुकुरी, चक्कु बरामद गरिएको छ ।

उनीहरु दुवैजनालाई हातहतियार तथा खरखजना कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार