• सोमबार, असोज १२ २०८३

जनगणना साउनदेखि असोजसम्म गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारिमा विभाग


बुधबार, जेष्ठ २६ २०७८
870
Shares

काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ ।

हिजो (मंगलबार) देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन सकेको छैन। हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

संक्रमण कम हुने र अवस्था अनुकुल बन्दै गए १५ साउनदेखि १५ असोजसम्म जनगणना गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी रहेको विभागले जनाएको छ ।

नेपालमा वि.सं १९६८ सालदेखि हरेक १०–१० वर्षमा हुँदै आएको छ । यो वर्षको जनगणना भने १२ औं पटकक जनागणना हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार