काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाण्डेलाई सपथ खुआएका हुन् ।

लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि यही जेठ १७ गते भएको उपचुनावमा नेपाली कांग्रेसका पाण्डे निर्वाचित भएका थिए ।
उनले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।