गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं १ को घ्याम्पेसालमा युवाहरुको पहलमा १० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको छ ।
कोरोना महामारिका बेलामा घ्याम्पेसाल टोल विकास संस्था र घ्याम्पेसाल काठमान्डौ सम्पर्क समितिको विशेष पहलमा १० बेडको आइशोलेसन निर्माण गरिएको अभियन्ता कुविर पौडेलले सिभिलखबरलाइ बताए ।
महामारीका बेलामा केहीहदसम्म सहज हुनेगरी नेपाली कांग्रेस गोरखाको क्षेत्र नं १ प्रदेश ख का सभापति रोशन गुरुङ को विशेष पहलमा आर्थिक संकलन गरि करिब ९ लाख लागतमा १० बेडको आइशोलेसन निर्माण गरिएको पौडेलले जानकारी दिए ।