गोरखा । अजिरकोट गाउँपालिका ४ को ताप्ले टोल बिकास संस्थाले प्रहरी र स्वास्थ्य चाैकीलाई स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।
सोमवार एक कार्यक्रमका बिच टोल बिकास संस्थाका अध्यक्ष लुद्रमान तामाङ, सचिव सुरज तामाङ, समाजसेवी देउबहादुर तामाङले प्रहरी चौकी भच्चेक, सिम्जुङ स्वास्थ्य चौकीलाई मास्क, सेनिटाईजर, थर्मोमिटर, ग्लोब्स सहयोग गरेका हुन् ।
वडा अध्यक्ष जंगबहादुर गुरुङको उपस्थितीमा उक्त सामग्री हस्तान्तरण गरिएको टोल बिकास संस्थाका सचिव सुरज तामाङले बताए ।