• सोमबार, असोज १२ २०८३

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो


मंगलबार, जेष्ठ २५ २०७८
545
Shares


काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको हो।

मंगलबार मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप १ सय ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ५३ जना संक्रमित थपिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार