• सोमबार, असोज १२ २०८३

गोरखा नगरपालिकाले सार्वजनीक गर्यो कक्षा ५ र ८ को नतिजा


मंगलबार, जेष्ठ २५ २०७८
965
Shares


गोरखा । जिल्लाको गोरखा नगरपालिकाले शैक्षिक शत्र २०७७ को कक्षा ५ र ८ को नगर भित्रका विद्यालयको नतिजा सार्वजनीक गरेको छ ।

कोरोनाका कारण भौतिक उपस्थितमा वार्षिक परीक्षा हुन नसकेपछि नगरपालिकाले विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र अघिल्लो परीक्षाको आधारमा नतिजा सार्वजनीक हो ।

नगरपालिकाको फेसबुक र वेभसाईडमार्फतनतिजा सार्वजनीक गरिएको शिक्षा शाखाले जनाएको छ ।

कक्षा ५ मा एक हजार एक सय ४४ जना विद्यार्थी परीक्षामा सहभागी थिए भने चार जना अनुपस्थित भए । त्यस्तै कक्षा ८ मा एक हजार ९३ जना विद्यार्थी परीक्षामा सहभागी थिए भने तीन जना अनुपस्थित भए ।

न्यूनतम डि प्लस ल्याउने विद्यार्थीले मात्र माथिल्लो कक्षामा पढ्न पाउनेछन् ।

नगरपालिकाले विद्यालयहरुलाई परिपत्र गर्दै असार १ गतेबाट बैकल्पिक बिधि अपनाएर भर्ना अभियान संचालन सँगै पाठ्यपुस्तकको ब्यवस्था गर्न र सिकाईलाई निरन्तरता दिन समेत निर्देशन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार