• बिहिबार, साउन १४ २०८३

मंगलबार ५ हजार १५३ जनामा संक्रमण पुष्टि, ६ हजार ५७० जना संक्रमणमुक्त


मंगलबार, जेष्ठ २५ २०७८
510
Shares

गएको २४ घण्टामा नेपालमा ५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१७ हजार ६७६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै, आज १०८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८ हजार ९८ पुगेको छ।

यो अवधिमा ६ हजार ५७० जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार