भारतको राजधानी नयाँ दिल्लीमा शहरी रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ ।
कोरोना महामारिका कारण गत १० मे बाट बन्द भएको मेट्रो रेल संक्रमणको दर घटेसँगै पुनः सञ्चालनमा ल्याइएको हो । अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको बताइएको छ । ।
दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ संक्रमित फेला परेकोमा आइतबार भने ३८१ जनामा मात्रै सङ्क्रमण फेला परेको जनाइएको छ ।