चट्याङ लागेर मोरङको बेलबारी नगरपालिका—५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको मृत्यु भएको छ।

सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए।
उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।