• सोमबार, असोज १२ २०८३

नेप्सेले बनायो नयाँ रेकर्ड, ५३ अकंले बृद्धि


मंगलबार, जेष्ठ २५ २०७८
540
Shares

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्सेले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

आज होटल, माइक्रोफाइनान्स र लगानीबाहेक सबै समूहको शेयर बढेको छ ।

विकास बैंक समूहको शेयर तीन सय ९८ अङ्कले, फाइनान्सको एक सय ८५ अङ्कले, बैंकिङ समूहको शेयर २०, व्यापारको १९, जलविद्युतको ५८, जीवन बीमाको ६ सय ६९, निर्जीवन बीमाको पाँच सय ५४, उत्पादनको एक सय २९ र अन्य समूहको शेयर ४५ अङ्कले बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार