
गोरखा । गोरखामा आज एक सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको दुई पालिकासहित जिल्ला बाहिर गरिएको परिक्षणमा आज एक सय ७ जना संक्रमित थपिएका हुन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रप्त रिपोर्ट अनुसार जिल्ला भित्र गरिएको पिसिआर परिक्षण मध्ये ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये आरुघाट गाँउपालिकामा ३१ जना र शहिद लखन गाँउपालिकाका ६ जना छन् ।
बाँकी ७० जनाको भने अन्य नौ जिल्लाको विभिन्न ठाँउमा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
