• सोमबार, असोज १२ २०८३

सडकमा चुँडिएको तारबाट करेन्ट लागेर युवतीको मृत्यु, एक घाइते


सोमबार, जेष्ठ २४ २०७८
500
Shares

काठमाडौं । सडकमा चुँडिएको विद्युतको तारबाट करेन्ट लागेर सिन्धुलीमा एक युवतीको मृत्यु भएको छ । करेन्ट लागेर अर्की एक किशोरी घाइते भएकी छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–७ की २१ वर्षीया शान्तिमाया थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने १५ वर्षीया गीता पाण्डे घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घरबाट सिन्धुलीमाडीतर्फ जाने क्रममा सडकमा चुँडिएको विद्युतको तारबाट अचानक उनीहरुलाई करेन्ट लागेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार