काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ संक्रमित थपिएका छन भने ६ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षण गर्दा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टिजेन परीक्षणमा १ हजार १ सय २ गरी जम्मा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
गएको २४ घण्टामा ९२ जनाको संक्रमणका कारण ज्यान गएको छ ।
नेपालमा अहिले कोरोना सङ्क्रमण निको हुने दर ८४ दशमलव २ प्रतिशत पुगेको छ ।