Modern metal handcuffs. Vector illustration in flat style
काठमाडौं । निषेधाज्ञाको बेलामा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजरलाई पक्राउ गरेको छ । म्यानेजर सागर गुरूङलाई प्रहरीले सोमबार दिउँसो १ बजे पक्राउ गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।
दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको उल्लंघन गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
