• सोमबार, असोज १२ २०८३

कोरोनाबाट मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन


सोमबार, जेष्ठ २४ २०७८
680
Shares


काठमाडौं । कोरोना संक्रमणका कारण मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ ।

काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका ४२ वर्षीय डा. सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

कार्डियाक अस्पतालका डा. अमृत भुसालका अनुसार बिरामीको उपचारकै क्रममा उनलाई २५ दिनअघि संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा १० दिनसम्म उनको उपचार गरिएको थियो ।

तर स्वास्थ्यमा सुधार नआएपछि डा. सुवेदीलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

उनको एक हप्तादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोल घर भएका डा. सुवेदीका श्रीमती र एक छोरी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार