• बिहिबार, साउन १४ २०८३

गोरखाका स्थानीय तहलाई स्वाँरा सघनले दियाे ३५ लाख बढीकाे स्वास्थ्य समाग्री


आइतबार, जेष्ठ २३ २०७८
870
Shares

गोरखा । गोरखाका स्थानीय तहलाई श्री स्वाँरा सघन गाउँविकास केन्द्रले ३५ लाख बढीकाे स्वास्थ्य समाग्री सहयाेग गरेकाे छ ।

केएर नेपालकाे आर्थिक सहयाेगमा केन्द्रले जिल्लाका ८ स्थानीय तह र जिल्ला काेभिड ब्यवस्थापन समितीलाई गरी ३५ लाख ३८ हजार ८ सय ९६ रुपैया बराबरकाे स्वास्थ्य सामाग्री सहयाेग गरेकाे हाे ।

आपतकालिन काेभिड प्रतिकार्य कार्यक्रम अन्तरगत केन्द्रले गाेरखा र पालुङ्गटार नगरपालिका, भिमसेन थापा, बारपाक सुलिकाेट, शहिद लखन, गण्डकी, सिरानचाेक र अजिरकाेट गाउँपालिकाका साथै जिल्ला काेभिड ब्यवस्थापन समितीलाई स्वास्थ्य सुरक्षाका बिभिन्न सामाग्री सहयाेग गरेकाे कार्यकारी निर्देशक सिताराम श्रेष्ठले सिभिलखबरलाई बताए ।

सहयाेग गरिएकाे सामाग्रीमा पल्स अक्सिमिटर, सर्जिकल मास्क, एन्टिजेन किट, भिटिएम, पिपिई, ग्लोब्स, अक्सिजन सिलिण्डर, सेनिटाईजर लगायत रहेकाे कार्यक्रम संयोजक द्रोणचार्य तिमल्सिनाले जानकारी दिए ।

यसका साथै संस्थाले कोभिड १९ नियन्त्रण र रोकाथामका लगि सचेतना अभिवृद्धिको क्षेत्रमा समेत काम गरिरहेकाे जनाएको छ ।

हेर्नुस केन्द्रले कुन पालिकामा कति सामाग्री सहयाेग गर्याे :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार