गोरखा । गोरखा नगरपालिका वडा नम्बर २ काे काेखेआहालेका ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २६ जना महिला र २९ जना पुरुष रहेका छन् ।
शुक्रवार एक सय ५२ जनाको पिसिआर जाँच गरिएको मध्ये ५५ जनाको रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा स्वास्थ्य निरिक्षक निस्चल अर्यालले बताए ।