• सोमबार, भाद्र २२ २०८३

सिनोभ्याक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागी दियो अनुमति


आइतबार, जेष्ठ २३ २०७८
650
Shares


काठमाडौं । कोरोना भारइसविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको छ। औषधि व्यवस्था विभागले उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो।

यसअघि ‘भेरोसेल’ नामक चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइसकिएको छ।

चीनले थप १० लाख डोज दिएको खोप पनि भेरोसेल नै हो। जुन आगामी मंगलबारबाट ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई लगाइँदैछ।

अब सिनोभ्याक खोपलाई अनुमति प्रदान गरिएसँगै नेपालमा अनुमति पाएका खोपहरू तीन वटा भएका छन्।

सुरुमा भने भारतीय कम्पनी सेरम इन्टिच्युटले बनाएको कोभिसिल्ड खोपलाई अनुमति दिइएको थियो।

उक्त खोप बेलायतस्थित अक्फोर्ड विश्वविद्यालय र एन्ट्रेजेनकाले विकास गरेको हो। जसलाई भारतमा कोभिसिल्ड नाम दिइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार