काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार २४ जना र ३ हजार २ सय ६२ जना एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् । भने कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।