गोरखा । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको पालुटङटार नगरपालिका ९ बिर्दीमा ग १ त ४२७८ नम्बरको ट्याक्टर गएराती पौने १० बजेतिर सडकबाट करिब १० मिटर तल खसी दुर्घटना भएको हो ।


उक्त दुर्घटनामा परी ट्याक्टरमा सवार धादीङको दार्खा गाउँपालिका ३ खनियाँका २० वर्षीय याकुब तामाङको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
बिर्दीबजारबाट मसाने ठाँटी तर्फ आउँदै गरेको खाली ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
ट्याक्टर धनी र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
