काठमाडौं । चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ९ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।

चुरे नीति गलत भएको भन्दै प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले काठमाडौको गोंगबु चोकबाट पक्राउ गरेको हो ।

नेविसंघका महामन्त्री दीपक भट्टराई, परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू लाइ पक्राउ परेका छन ।