गोरखा । कोरोना रोकथामका लागि युवाहरुको पहलमा टोलमा स्वास्थ्य सामाग्रि वितरण गरिएको छ ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ को मोहोरियाका युवाहरुले कोरोनाको रोकथामका लागि भन्दै आफ्नो टोलमा स्वास्थ्य सामाग्रि वितरण गरेका हुन ।
स्थानीय युवाहरुको पहलमा मोहोरिया टोलका ५९ घरधुरी प्रत्येकमा ५० पिस मास्क, ५०० एम.एल सेनिटाइजर, २/२ वटा साबुन वितरण गरिएको अभियन्ता विकास बाबु परियारले सिभिलखबरलाइ बताए ।

कोरोना सङ्रक्रमण न्यूनीकरणको लागि टोलका ५ जना युवा हरु मिलेर हालसम्म १ लाखभन्दा धेरै रकम जम्मा भैसकेको र रकम जम्मा गर्ने क्रम जारी रहेको उनले बताए ।
पहिलो चरणमा आफ्नो टोलमा कोरोना रोकथामका लागि ३४ हजार बराबरको स्वास्थ्य सामाग्रि वितरण भैसकेको र बाँकी रकम भने टोलमा विपद् परेका बेलामा जो कोहीका लागि सहयोग गर्न सकिने र त्यसका लागि कोष स्थापना गर्ने योजना समेत युवाहरुको रहेको परियारले बताए ।