• बिहिबार, साउन १४ २०८३

गोरखा अस्पतालका कर्मचारी आन्दाेलित, प्रमुखलाई कारबाहीकाे माग


आइतबार, जेष्ठ २३ २०७८
1.8K
Shares

गाेरखा । गोरखा अस्पतालका कर्मचारी आन्दाेलित बनेका छन् । अस्पताल प्रमुख एवं मेडिकल सुपरिटेण्डेन डा शान्ती भूर्तेलकाे ब्यवहारप्रति असन्तुष्टि जनाउदै अस्पताल विकास समिति कर्मचारी युनियनले बिराेध जनाएकाे हाे ।

युनियनले अस्पताल ब्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आइतबार ज्ञापन पत्र बुझाउँदै अस्पताल प्रमुख भूर्तेलले कर्मचारीलाई दुर्व्यवहार गरेकाे भन्दै कारवाहीको माग गरेको हाे ।

ज्ञापनपत्रसंगै युनियनले मेसु भूर्तेलबिरुद्ध १० वटा आराेप समेत लगाएकाे छ ।

जसमा नर्सिङ कर्मचारीलाई जागिर खाईदिन्छु भन्दै दुर्व्यवाहार गरेको, कर्मचारीसँग कुनै छलफल नगरेको, मनपरी एकल निर्णय गर्ने गरेको, समयमा आफ्नाे याेग्यता अनुसार काम नगरेकाे, नीजि प्रयाेजनमा सरकारी गाडी र कर्मचारी प्रयाेग गर्ने गरेकाे, कर्मचारीलाई बिभिन्न बिभेद गरेकाे, कर्मचारीलाई समयमा तलब र अरु सुविधा नदिएकाे जस्ता आरोप युनियनले लगाएकाे छ ।

अस्पताल बिकास समिति कर्मचारी युनियन ईकाई समिति अध्यक्ष चिजकुमार श्रेष्ठले बिज्ञप्ती जारी गर्दे अस्पताल प्रमुखकाे ब्यवहारले कर्मचारीकाे मनाेबल घटेकाे बताएका छन् ।

‘काेराेना संक्रमणकाे बाबजुदपनि दिनरात नभनी काम गर्ने चिकित्सक र कर्मचारीमाथी अस्पताल प्रमुखबाट भएकाे दुर्व्यवहार निन्दनिय छ’ अध्यक्ष श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ ।

हेर्नुस बिज्ञप्ती र ज्ञापनपत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार