• बिहिबार, साउन १४ २०८३

गोरखा नगरपालिकाले बनायाे उधाेग बाणिज्य संघकाे भवनमा ३० बेडकाे आइशाेलेसन


आइतबार, जेष्ठ २३ २०७८
585
Shares

गोरखा । गोरखा नगरपालिकाले सदरमुकाममा ३० वेडको आइशोलेसन निर्माण गरेकाे छ । गोरखा उद्योग बाणिज्य संघको भबनमा नगरपालिकाले ३० बेडकाे आइशोलेसन बनाइएको हो ।

काेभिड १९ काे दाेस्राे लहर बढ्दै गएपछि संक्रमितकाे उपचार गर्न नगरपालिकाले संघकाे भवनमा आइशाेलेसन निर्माण गरी सञ्चालनकाे तयारी गरेकाे जनाएकाे छ ।

साे आइशोलेसनमा डाक्टरसहितकाे स्वास्थ्यकर्मीकाे समेत ब्यवस्थापन नगरपालिकाले गरेकाे नगरप्रमुख राजनराज पन्तले जानकारी दिए । त्यस्तै संक्रमितकाे उपचारलाई प्रभावकारी बनाउन आइशाेलेसनमा ४६ वटा अक्सिजनसहितका सिलिण्डर, तीनवटा अक्सिजन कन्सन्ट्रेटर समेत राखिएकाे छ ।

यस्तै आइशाेलेसनमा ब्यवस्थित शाैचालयसंगै सरसफाईलाई समेत बिशेष ध्यान दिइएकाे बताइएकाे छ । आइशाेलेसनबाट संक्रमितलाई सहज र ब्यवस्थित सेवा प्रदान गर्ने याेजना नगरपालिकाले बनाएकाे छ ।

आइशाेलेसनकाे शनिबार नगरप्रमुख पन्तसहित प्रमुख जिल्ला अधिकारी शालिग्रम पाैडेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, डा‍ बिनाेद दुवाडी, वडा अध्यक्ष नारायणबाबु अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठ लगायतको टाेलीले अनुगमन गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार