• सोमबार, असोज १२ २०८३

ओसन क्लबकाे घाँसे मैदान निर्माणमा क्यालिफोर्नियाबाट आर्थिक सहयाेग


आइतबार, जेष्ठ २३ २०७८
785
Shares

गोरखा । गोरखा नगरपालिका -९ दलभन्ज्याङमा निर्माण भएको कृत्रिम घासे मैदानको लागि लस एन्जल्स क्यालिफोर्नियाबाट सहयाेग प्राप्त भएकाे छ ।

द ओसन क्लबले निर्माण गरेकाे कृत्रिम घासे मैदान निर्माणका लागि लस एन्जल्स क्यालिफोर्नियाबाटअभियन्ताहरु उतम जङ थापा, गोकुल प्र ढकाल र हेमराज भट्टको पहलमा संकलन भएकाे २ लाख ३९ हजार ७ सय ६२ रुपैया क्लबलाई प्राप्त भएकाे अध्यक्ष अमित खत्रीले बताए ।

हालसम्म ३५ लाख ५० हजार रकम मैदान निर्माणमा खर्च भएको र ३२ लाख ५० हजार मात्रै रकम संकलन भएकाले अझै करिब ३ लाख रकम अपुग रहेको खत्रीकाे भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार