• बिहिबार, साउन १४ २०८३

लाप्राकमा मैनादेवी फाउण्डेशनबाट स्वास्थ्य सामाग्री सहयाेग


शनिबार, जेष्ठ २२ २०७८
620
Shares

गोरखा । लाप्राकमा मैनादेवी फाउण्डेशनले स्वास्थ्य सुरक्षाका सामाग्री सहयाेग गरेकाे छ ।

काेराेना भाइरसकाे संक्रमण फैलन नदिन र राेकथामका लागि धार्चे गाउँपालिका वडा नम्बर ४ काे लाप्राकमा फाउण्डेशनले स्वास्थ्य सुरक्षाका बिभिन्न सामाग्री सहयाेग गरेकाे हाे ।

अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका प्रविन अधिकारीकाे पहलमा फाउण्डेशनले साे सामाग्री लाप्राकका स्थानीयकाे प्रयाेगका लागि सहयाेग गरेकाे जनाएकाे छ ।

शनिबार अधिकारीले साे सहयाेग सामाग्री वडाध्यक्ष राज गुरुङ्ग र लाप्राक स्वास्थ्य चौकीका प्रमूख धन बहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन ।

सहयाेग गरिएकाे सामाग्रीमा १० हजार सर्जिकल मास्क, १ हजार ८ सय थान साबुन, २० लिटर सेनिटाइजर, अक्सिमिटर ४ थान, ७ थान थर्माेमिटर, फिनेल ५ लिटर र पिपिइ सेट ५ थान रहेकाे बताइएकाे छ ।

साे सामाग्री वितरणमा स्थानीय पुष्कर गुरुङ्गले समन्वय गरेकाे वडा कार्यालयले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार