• बिहिबार, साउन १४ २०८३

कोरोना संक्रमणबाट गाउँलेलाई बचाउन थ्रीस्टारको पहल


शनिबार, जेष्ठ २२ २०७८
1.3K
Shares

गोरखा । कोरोना संक्रमणबाट गाउँलेलाई बचाउन थ्रीस्टारको पहल थालेकाे छ । भिमसेन थापा गाउँपालिका १ मसेलमा कोरोना संक्रमणकाे ब्यापक त्रास र जाेखिम बढेकाे संक्रमण फैलिन नदिन र उपचारका लागि भन्दै थ्रीस्टार युवा क्लवले पहल थालेको हाे ।

क्लवले ‘थ्री स्टार युवा क्लव, कोभीड–१९ राहत तथा उद्धार समिति’ समेत गठन गरी काम अघि बढाएकाे जनाएकाे छ । देशैभर कोरोना संक्रमित बढ्दै गएको बेला चौतर्फीरूपमा सिर्जित अक्सिजनको अभावका कारण आफ्नो गाउँबासीले ज्यान गुमाउन नपारोस् भन्ने उद्देश्यका साथ क्लवले तत्काल ५ वटा अक्सिजन सिलिण्डरको व्यवस्था गर्दै थप सिलिण्डर आवश्यक परेमा तुरुन्त उपलब्ध गराउने प्रवन्ध समेत मिलाएको छ ।  

भिमसेन थापा गाँउपालिका-१, मसेल घर भई विभिन्न कामको सिलसिला देश बिदेशमा रहेका मसेलबासीको आर्थिक सहयोग र थ्रीस्टार क्लवको समन्वयमा सिलिण्डरको अलवा आवश्यक अक्सिमिटर, पीपीई सेट, एन्टिजेन किट, मास्क तथा सेनिटाईजरको समेत व्यवस्था गरिएको छ ।

त्यस्तै कोभिडका बिरामीहरुलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्सको समेत प्रवन्ध मिलाईएको समिति संयोजक अञ्जन मग्रातीले जानकारी दिए ।

उक्त अभियानमा करिब ७ लाख रकम संकलन भएको छ। क्लवले मनासलु अस्पतालका संचालक स्वास्थ्यकर्मी विकास श्रेष्ठको नेतृत्वमा हेल्थ डेक्सको समेत स्थापना गरेको छ।

उनीहरुले कोरोना संक्रमित विरामीहरुलाई भेटेर स्वास्थ्य सम्बन्धी उचित परामर्श दिइ आवस्यक स्वास्थ्य सामग्री माक्स,सेनिटाइजर,औसधी वितरण समेत गरिरहेका छन्। अहिलेसम्म भिमसेन थापा गाउँपालिका-१ मसेलमा १५ भन्दा बढि कोरोना संक्रमित रहेको मनासलु अस्पताल घ्याम्पेशालका संचालक स्वास्थ्यकर्मी विकास श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार