काठमाडौं । शनिबार नेपालमा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्।


मन्त्रालयका अनुसार १६ हजार ८ सय १४ परीक्षणमध्ये ११ हजार ४ सय ७१ पिसिआरबाट ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टिजेन परीक्षणबाट १ हजार ५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।
यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन्।