• सोमबार, असोज १२ २०८३

असार १ गतेदेखि वीरगञ्जमा विद्यालय संचालन गरिने


शनिबार, जेष्ठ २२ २०७८
600
Shares


वीरगञ्ज महानगरपालिकाले आगामी असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ ।

महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।

बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको भनाई छ ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन् ।

महानगरमा कोरोना घट्दो रहेकोले शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको मेयर विजय कुमार सरावगीको भनाइ छ ।

आइतबारदेखि विद्यालयका प्रशासनिक काम संचालन हुने उनले जानकारी दिए। विद्यालयमा भौतिक उपस्थिति गराएर पठनपाठन गर्न अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्यका मापदण्ड पुरा गर्न भनिएको छ।

महानगरले कक्षा संचालनका लागि ७ वटा सर्त बनाएको छ। विद्यालयका सवारी सधान नचलाउन महानगरले भनेको छ।

शिक्षण सिकाईका वैकल्पिक उपाय विद्यालय र अभिभावकबीच सहमति गरेर गर्न भनिएको छ।

असार १ देखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय काम हुने, ८ देखि १५ गतेसम्म भर्ना सप्ताहका लागि घरदैलो र असार १५ पछि नियमित पठन पाठन सुचारु गर्न महानगरले भनेको छ।

कुनै विषम स्थिति देखिए महानगरको शैक्षकि प्रशासन महाशाखामा सूचित गर्न र निर्देशन अनुसार गर्न भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार