सार्वजनिक धारामा नुहाउँदै गरेकी एक किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पाका एक ईन्जिनियर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको लमही घर भइ हाल रोल्पाको रून्टीगढी गाउँपालिकामा कार्यरत ३६ वर्षीय ईन्जिनियर शेषमणी पौडेल रहेका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले पीडित किशोरीको लिखित जाहेरीका आधारमा ईन्जिनियर पौडेललाई शुक्रबार साँझ पक्राउ गरिएको जानकारी दिए।
‘उहाँ कोरोना पोजेटिभ किशोरी हुनुहुँदो रहेछ, आइसोलेसनमा बस्दै आउनु भएकोरहेछ,’ डिएसपी सुवेदीले भने, ‘दिउँसो सार्वजनिक धारामा नुहाउने क्रममा ईन्जिनियर पौडेलले जबरजस्ती गर्न खोजेको भन्ने पीडितको जाहेरीमा उल्लेख छ।’
पक्राउपछि पौडेललाई जवरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाएर अनुसन्धान सुरु गरिएको डिएसपी नवराज सुवेदीले जानकारी दिए ।
