• सोमबार, असोज १२ २०८३

गोरखाकी २० वर्षीया युवतीको वीरगञ्जबाट उद्धार, २ जना पक्राउ


शुक्रबार, जेष्ठ २१ २०७८
1.1K
Shares


गोरखा । भारत बेच्न लैजान लागेको अवस्थामा गोरखाकी एक युवतीको वीरगञ्जबाट उद्धार गरिएको छ ।

गोरखा नगरपालिका —९ बस्ने २० वर्षीय युवतीको जेठ १८ गते जिल्ला प्रहरी कार्यलय पर्सा वीरगञ्जबाट उद्धार गरेको हो ।

उनीसहित तनहुँकी अर्की युवतीका आमाछोराको पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

सो काममा संलगन भएको आरोपमा दुई जना पक्राउ परेका छन् । भारत बेतिया घर भएका २६ वर्षीय असगर सैफी र तनहुँको दमौली नगरपालिका– ५ बस्ने २६ वर्षीया सकिना खातुन भन्‍ने सीता थापा क्षेत्री पक्राउ परेका हुन् । उनीहरु श्रीमान श्रीमती हुन् ।

उनीहरुलाई पूजामा कन्या बस्नका लागी रकम दिने प्रलोभनमा पारेर लागिएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचविखन विरुद्धको मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार